समाज


कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाखभन्दा बढीको कपडासहित एकजना नियन्त्रणमा

कैलालीको गोदाममा सशस्त्र प्रहरीको छापा, ३५ लाखभन्दा बढीको कपडासहित एकजना नियन्त्रणमा

नेपालखबर
साउन २२, २०८२ बिहिबार २१:१३, काठमाडौँ

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडासहित १ जनालाई नियन्त्रणमा लिएको छ।

सोही ठाउँमा रहेको राधा गोविन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अवैध रूपमा ल्याई लुकाई छिपाई राखेको उल्लिखित मूल्य बराबरको लत्ताकपडासहित सप्लायर्सका सञ्चालक ३४ वर्षीय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको छ।

नं. ३४ गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडासहित गोदाम सञ्चालकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको सामान र व्यक्तिलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad