यही साउन २० गते भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा वर्षापछि आएको भिषण बाढीमा परी जाजरकोटको कुशे गाउँपालिका–२ का करिब १३ जना भन्दा बढी नेपाली हराएको आशंका गरिएको छ।
गाउँपालिकाले बिहीबार विज्ञप्ति प्रकाशित गरी सो वडाका १३ जनासहित अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नरहेकोले हराएको हुन सक्ने आशंका सामाजिक सन्जाल मार्फत जानकारी प्राप्त भएको जनाएको छ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल गरिदिनको लागि प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, सामाजिक सञ्जालमा बर्दियाका पनि ४ नेपाली सम्पर्कविहीन भएकोले सोही बाढीमा हराएको हुनसक्ने आशंका गरिएको छ।

Shares

प्रतिक्रिया