ad ad

समाज


डब्लूएचओलाई सहयोग रोक्ने ट्रम्पको निर्णय अमेरिकाकै लागि हानिकारकः चीन

डब्लूएचओलाई सहयोग रोक्ने ट्रम्पको निर्णय अमेरिकाकै लागि हानिकारकः चीन

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ११:५९,

ट्रम्पले मंगलबार डब्लूएचओले कोरोना भाइरसको संकटलाई राम्रोसँग समाधान गर्न नसकेको र फैलिइरहेको कोरोना संक्रमणलाई ढाकछोप गरेको आरोप लगाउँदै तत्काललाई सहयोग रोक्का गरेको बताएका थिए।

ट्रम्पले कोरोना भाइरसको विषयमा डब्लूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाएका थिए।

अमेरिकाले डब्लूएचओलाई वर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलरसम्म सहयोग प्रदान गर्दै आएको छ।

यसबीचमा चीनले अमेरिकी निर्णयको आलोचना गरेको छ। चीनले बुधबार अमेरिकी निर्णयले अमेरिका आफैंलाई र विश्वका हरेक देशलाई प्रभाव पार्ने बताएको सिन्ह्वाले जनाएको छ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार भने,‘अमेरिकी निर्णय अमेरिकासहित विश्वका सबै देशका लागि हानिकारक छ।’ अमेरिकी कार्यले विश्व स्वास्थ्य संगठन कमजोर हुने र कोरोना भाइरसविरुद्धको अन्तर्राष्ट्रिय सहायतामा ठेस पुग्ने चीनको भनाइ छ।

झाओले सो क्रममा अमेरिकाले सहयोग रोकेपनि चीनले जहिल्यै डब्लूएचओलाई सहयोग गरिरहने जानकारी दिएका थिए।

चीन अगाडि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेस र अमेरिकी धनाढ्य तथा समाजसेवी बिल गेट्सले ट्रम्पको निर्णयको विरोध गरेका थिए।

राष्ट्रसंघका महासचिव गुटेरेसले कोभिड–१९ सँग जुधिरहेका बेला यस्तो निर्णय गर्नु उपयुक्त समय नभएको बताएका थिए।

यस्तै बिल गेट्सले यस्तो स्वास्थ्य आपतकालका बेला डब्लूएचओलाई सहायता रोक्का गर्नु निकै खतरनाक कदम भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .