समाज


ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु, महिला घाइते

ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु, महिला घाइते

नेपालखबर
साउन १८, २०८२ आइतबार ७:१९, काठमाडौँ

महोत्तरीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

शनिबार बर्दिबास-१० स्थित पूर्वपश्चिम राजमार्गस्थित वनपथ चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.२-०३-००१ ख ६४६१ नम्बरको ट्रकले ना.२-०८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाहीकाे लालबन्दी- ९ का ३८ वर्षीय स्कुटर चालक नरकुमार आचार्यको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरको पछाडि सवार ३२ वर्षीया धनकुमारी घिमिरे दुर्घटनामा घाइते भएकी छन्। उनको बर्दिबासमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी विकास बमले जानकारी दिए। 

ट्रकले ओभरटेक गर्ने क्रममा स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad