समाज


मेयर बालेन मिथिला थालीमा, 'तावा फिस' खाँदा सम्झिए जनकपुर

मेयर बालेन मिथिला थालीमा, 'तावा फिस' खाँदा सम्झिए जनकपुर

नेपालखबर
साउन १७, २०८२ शनिबार २२:११, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्। 

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर  शाहले माछाका परिवारको स्वाद लिएका हुन् ।

‘यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो’, मेयर शाहले भने। मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए।

मास्टर सेफ साह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन्। साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन्। साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन्। 

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन्। जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो। 

जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad