नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार पर्सामा अपराध घट्दै गएको छ।
बिहीवार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो तीन वर्षमा जघन्य अपराधको दरमा कमी आएको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले आएपछि हत्या, बलात्कार र महिलाविरुद्ध हुने अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिए।
उनका अनुसार पछिल्लो दुई वर्षमा कर्तव्य ज्यान (हत्या) मुद्दामा ३७ प्रतिशत, जबरजस्ती करणी (बलात्कार) मा ३१ प्रतिशत, करणी उद्योगमा ४२ प्रतिशत र महिला विरुद्ध हुने अपराधमा १२ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०८०/८१ मा १६ वटा हत्या, ३९ वटा बलात्कार, ७ वटा करणी उद्योग र १७ वटा महिला विरुद्धका अपराधका मुद्दा दर्ता भएका थिए। तर चालु आर्थिक वर्षमा यस्ता मुद्दा क्रमशः घटेर हत्या १९, बलात्कार २६, करणी उद्योग ४ र महिला विरुद्धका अपराध १५ वटा मुद्दा दर्ता भएका छन्।
भारतीय अपराधीहरूको प्रभाव र अपराधको जोखिम उच्च मानिने पर्सामा प्रहरीले निगरानी र पहुँच विस्तार गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको उनको भनाइ छ।
उनले बैंकिङ कसुरका मुद्दामा केही वृद्धि भएको जानकारी दिए। जिल्ला सुरक्षा समितिले तयार पारेको सुरक्षा रणनीति र त्यसको प्रभावकारी कार्यान्वयनमा तीनै सुरक्षा निकायको सक्रियताले निर्णायक भूमिका खेलेको हो।
Shares

प्रतिक्रिया