समाज


रानीजमरा–कुलरिया दोस्रो चरणको सिँचाइ प्रणाली र जलविद्युत गृहको उद्घाटन

रानीजमरा–कुलरिया दोस्रो चरणको सिँचाइ प्रणाली र जलविद्युत गृहको उद्घाटन

नेपालखबर
साउन १३, २०८२ मंगलबार १७:१८, काठमाडौँ

राष्ट्रिय गौरवको रानीजमरा र कुलरियाको दोस्रो चरणको सिँचाइ प्रणाली र ४.७१ मेगावाटको जलविद्युत गृहको उद्घाटन गरिएको छ।

मंगलबार प्रधानमन्त्री केपी ओलीले १४ हजार ३ सय हेक्टर सिँचाइ गर्ने नहर प्रणाली र जलविद्युत तथा प्रसारण लाइनको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदीमा रहेको आयोजनाको मुहानको अवलोकन गरेपश्चात जानकी गाउँपालिका-९ कटासेमा निर्मित विद्युत गृहको उद्घाटन गरे।

राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएका छन्।

आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ।

प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए।

प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा बताए।

त्यस्तै राष्ट्रिय गौरवका सिँचाइ आयोजना सिक्टा, बबई, महाकाली तेस्रो, भेरी-बबई र सुनकोशी-मरिन यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad