समाज


नेपाल-भारत सीमा कार्यसमूहको ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न

नेपाल-भारत सीमा कार्यसमूहको ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न

नेपालखबर
साउन १३, २०८२ मंगलबार १७:३१, काठमाडौँ

नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने नेपाल-भारत सीमा कार्यसमूह (बीडब्ल्यूजी)को ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। 

बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौं बैठकका निर्णयहरूको कार्यान्वयन तथा सोही वर्ष सेप्टेम्बरमा सम्पन्न एघारौं सर्वे अधिकृत समितिको बैठकको कार्य प्रगतिमा समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यस्तै नेपाल-भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गर्दै सीमा सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउनुपर्नेमा पनि सहमति भएको बताइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेयर जनरल हितेश कुमार एस मकवानाले गरेका थिए।

त्यस्तै दुवै देश नापीका अधिकारीहरुको समिति (एसओसी)को बैठक आउँदो अगस्टमा काठमाडौँमा गर्न सहमत भएका छन्। 

सन् २०१४ मा गठन गरिएको कार्यसमूहको कार्यक्षेत्रमा सीमा स्तम्भहरूको निर्माण, पुनर्निर्माण, मर्मत तथा अन्य प्राविधिक कार्यहरू पर्दछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad