समाज


ठूलीभेरी नदीमा फसेका ४ जनाको सुरक्षित उद्धार

ठूलीभेरी नदीमा फसेका ४ जनाको सुरक्षित उद्धार

तस्बिरः नेपाली सेना


नेपालखबर
साउन १३, २०८२ मंगलबार १२:३, काठमाडौँ

डोल्पाको ठूलीभेरी नगरपालिका-३ स्थित ठूलीभेरी नदीमा दाउरा संकलनका क्रममा नदीको बीचमा फसेका स्थानीय ४ जनालाई नेपाली सेनाले उद्धार गरेको छ। 

पानीको बहाव अचानक बढेसँगै उक्त चार जनालाई नदीको प्रभेदमा अल्झिइ हतार-हतारमा संकटमा परेको अवस्थामा उद्धार गरिएको हो।

नेपाली सेनाको संग्राम शार्दुल गुल्म, डोल्पाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयस्तरको समन्वयमा उक्त व्यक्ति समूहलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लैजान सफल भएको हो।

उद्वार गरिकाहरुमा डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका-६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षी लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहरा छन्।

उद्वार पश्चात उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरुको अवस्था सामान्य रहेको नेपाली सेनाले बताएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad