ad ad

समाज


प्रहरीले माग्यो सनसिटी अपार्टमेन्टमा बस्नेहरुको व्यक्तिगत विवरण

प्रहरीले माग्यो सनसिटी अपार्टमेन्टमा बस्नेहरुको व्यक्तिगत विवरण

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ९:२७,

काँडाघारीको सनसिटी अपार्टमेन्टमा बस्नेहरुको व्यक्तिगत विवरण प्रहरीले मागेको छ। अपार्टमेन्ट वेल्फेयर सोसाइटीका सचिव तिलक खतिवडाका अनुसार प्रहरीले त्यहाँ हाल कुन फ्ल्याटमा कति व्यक्ति छन्, कुन उमेर समूहका छन् भन्ने विवरण मागिएको जानकारी दिए।

अपार्टमेन्टका ५ सय फ्ल्याटमा करिब १५ सय मानिस बस्ने सोसाइटीको अनुमान छ। अपार्टमेन्टमै बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि सबैको परीक्षण गर्ने तयारी गरिएको छ।
संक्रमण पुष्टि भएको परिवारमा काम गर्ने दुई जना अपार्टमेन्टमै छन्।

सोसाइटीका अध्यक्ष बस्नेतले अहिले समितिको बैठक बसिरहेको बताए। केही समयमै सोसाइटीले विवरण बुझाउने छ।

सोमबार पाटन अस्पतालमा भर्ना भएका तीन जनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक जनामा भने कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बेलायतबाट चैत ५ गते फर्किएका तीन जनालाई कोरोना संक्रमण आसंकामा अस्पताल भर्ना गरिएको थियो।

उनीहरु बेलायतमा रहेका छोरा बुहारीले बेलायत घुम्न बोलाएपछि डेढ महिनापहिले बेलायत गएका थिए।

बेलायतमा भएका छोरा बुहारी दुई महिना पहिले नेपाल आएर नातीको पास्नी गरेर बेलायत फर्किएका थिए। त्यसको केही दिनमा श्रीमान, श्रीमती र आमा बेलायत उडेका थिए। तर बेलायतमा कोरोना संक्रमण बढ्दै गएको र पछि नेपाल फर्किन गाह्रो हुन्छ भनेपछि उनीहरु नेपाल आएको संक्रमण भेटिएकाका आफन्तले बताएका छन्।

संक्रमण भेटिएका व्यक्तिको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .