सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई बिदाइ गरिएको छ।
२०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका ढकालले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनुअघि सेवाकालको अन्तिम दिन आइतबार सर्वोच्च अदालतबाट बिदाइ गरिएको हो।
सोमबार साउन १२ गतेदेखि सेवा निवृत्त हुने भएकाले आज एका कार्यक्रम गरी बिदा गरिएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेलले नेपालखबरलाई जानकारी दिए।

कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू, रजिस्ट्रार तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो।
कास्कीका ढकालले २०५२ सालमा न्याय सेवाको तृतीय श्रेणी (शाखा अधिकृत) मा नियुक्ति पाएका थिए। २०५९ मा द्वितीय श्रेणी (उपसचिवस्तर), २०६६ मा प्रथम श्रेणी (सहसचिवस्तर) र २०७५ मा सचिवमा बढुवा भएका थिए।
177
Shares

प्रतिक्रिया