प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी चार प्रतिभाहरुलाई कोइराला राष्ट्रिय पुरस्कार, २०८१ बाट पुरस्कृत गरेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री उनले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला) भुवन ढुंगाना कोइरालालाई जनही एक लाख रुपैयाँ राशीसहित पुरस्कृत गरेका हुन्।
‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने वीपीहरू र हामीहरुलाई थाहा छ,’ उनले भने, ‘जेल हत्कडी र कालकोठरी भोग्नेहरुलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका वीपी कोइरालाहरुले संघर्षका लागि बाटो देखाउनुभएको छ।’
Shares

प्रतिक्रिया