काठमाडौँको माछा पोखरीमा एक महिलाको सुनको सिक्री लुटपाट गरेर भागेका दुई युवक पक्राउ परेका छन्।
शनिबार काठमाडौँ महानगरपालिका १६ माछापोखरी गुणस्तर विभाग र माछापोखरी पुल नजिकै रहेको तरकारी बजारबाट एक महिलाले लगाएको सिक्री लुटपाट भएको थियो।
काठमाडौँ महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङ्गकी ५१ वर्षीया लक्ष्मी घिमिरेको २ तोला २५ लालको सिक्री लुटपाट गरेकाे आराेपमा प्रहरीले उनीहरूलाई लुटिएकाे सिक्रीसहित पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा काठमाडाैँकाे तारकेश्वर नगरपालिका ८ जरङ्खु बस्ने २१ वर्षीय कौशल बस्नेत र सोही ठाउँका २६ वर्षीय मिलन तामाङ रहेका प्रहरीले जनाएकाे छ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार लुटपाट गर्ने समूहले तरकारी किन्ने बहानामा आएर सिक्री लुटपाट गरी भागेका थिए।
चार लाख ३८ हजार रुपैयाँ बराबरको सुनको सिक्री लुटपाट गरी फरार भएको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट परिचालन भएकाे टाेलीले घटनामा संलग्न भएकाे आराेपमा ती युवकलाई पक्राउ गरेको हो।
Shares

प्रतिक्रिया