संसदीय समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गर्ने भएको छ।
आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराएको हो।
समितिले सोमबार दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताए। अहिले मैदानमा प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ। समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना तोकिएको छ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।
18
Shares

प्रतिक्रिया