समाज


निःशुल्क ट्युसनको बहानामा महन्तद्वारा बाल यौन शाेषण

निःशुल्क ट्युसनको बहानामा महन्तद्वारा बाल यौन शाेषण

दीपक खरेल
असार २२, २०७६ आइतबार १३:३८,

जनकपुरको प्रसिद्ध तुलसी स्मारकका पुजारी महन्त शिवशंकर दासले आफूसँग पढ्न आउने बालकहरुलाई यौन शोषण गरेको आरोपमा उनकै समुदायकाे उच्च निकायले कारबाहीका लागि प्रहरीमा निवेदन दिएकाे छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले साधुसन्तहरुको एउटा प्रतिनिधि मण्डलले पुजारी दासले बालकहरुसँग यौन दुर्ब्यवहार गरेको मौखिक गुनासो गरेको बताए। उनले प्रहरी कार्यालय आएका प्रतिनिधीहरूले औपचारिक जाहेरी लिएर आउने भन्दै गएको बताए।

‘एकजना महन्तले बाल यौनदुर्व्यवहार गरेको जानकारी प्रहरीमा आएको हो,’ एसपी खनालले भने ‘उहाँहरु जाहेरी लिएर आएपछि औपचारिक कारबाही हुन्छ, हामी अनुसन्धान गरिरहेका छौं।’

प्रहरीमा बुझाइएको निवेदनमा ट्युसन पढाउने बहानामा बालकहरुसँग शिवशंकर दासले यौनदुर्व्यवहार गर्ने गरेको उल्लेख छ। धनुषा प्रहरीमा आइतबार पीडित बालकसहित आफन्त समेत निवेदन लिएर गएका हुन्। police delegationपीडितसहितको टोली धनुषा जिल्ला प्रहरी कार्यालयमा

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवकाे नाममा निवेदन दिइएकाे छ।

महन्थ रामराेशनले नेपालखबरसँगकाे कुराकानीमा  आपराधिक मनोवृत्तिका सन्तलाई समाजमा कुनै स्थान नभएको बताए। उनले शिवशंकर अपराधी भएको र उनीमाथि अनुसन्धानको माग राख्दै आफुले निवेदन दिएकाे नेपालखबरलाई बताए।

उनका अनुसार कर्तब्य ज्यान मुद्दामा १२ वर्ष कैद फैसलापछि फरार रहेका महन्थ बैकुण्ठ दासले भारतीय नागरिक शिवशंकरलाई नियुक्ती गरेका हुन्।

‘हामीले संस्थागत रुपमै चार दिन अघि शिवशंकरलाई पुजारीबाट हटाउन प्रशासनमा छलफल गरेका छौं,’ महन्थ रामरोशनले नेपालखबरसँग भने ‘एउटा अपराधीले अर्को सहयोगी ल्याएका रहेछन्।’

रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले शिवशंकरलाई ५ वर्ष अगाडि तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए ।
गेरु र श्वेत बस्त्रधारी शिवशंकरले दुई वर्षदेखि पढाउने नाममा यौनदुर्व्यवहार गरिरहेको पीडितको भनाइ छ।

‘एउटा परिवार यसकै कारणले विस्थापित भएको छ,’ महन्थ रामरोशनले भने ‘उ भागिसकेको छ तर खोजेर कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .