राजनीति


एजेन्डामै विवाद भएपछि का‌ंग्रेस बैठक अझै सुरु भएन

एजेन्डामै विवाद भएपछि का‌ंग्रेस बैठक अझै सुरु भएन

नेपालखबर
असार २२, २०७६ आइतबार १३:२२,

एजेन्डाका विषयमा शिर्ष तहमा विवाद भएपछि नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक अझै बस्न सकेको छैन। 

वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीको १४ औं महाधिवेशनको मितिबारे पनि केन्द्रीय कार्य समितिमा छलफल हुनुपर्ने एजेन्डा अघि सारेपछि आज अपरान्ह २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक अहिलेसम्म बस्न नसकेको हो।

यसै विषयमा शिर्ष नेताहरुबीच छलफल भईरहेको छ। तर सहमति जुटन नसकेपछि बैठकले औपचारिकता पाउन नसकेको पार्टीका केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए।

बैठकमा पार्टीको पहिलो चरणमा सम्पन्न राष्ट्रिय जागरण अभियानको समिक्षा गर्ने, नियमावली मस्यौदा पारित गर्ने, पार्टीको भातृ संगठन र जनसम्पर्क समितिहरुलाई पूर्णता दिने मुख्य एजेन्डा तय गरिएको थियो। तर केही नेताहरुले पार्टीको आगामी महाधिवेशनको पनि सुनिश्चित हुने गरी छलफल अघि बढाउनुपर्ने एजेन्डा पनि तय गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव दिएपछि बैठक बस्न ढिलाई भएको पनि केन्द्रीय सदस्य पौडेलले बताए।

शिर्ष नेताहरुबीच जारी छलफलमा सभापति देउवाले तत्काल महाधिवेशनको विषयमा छलफल गर्न नसकिने अडान राखेका छन् भने पौडेल–सिटौलाले सो एजेन्डा समावेश नगरिए कार्य समिति बैठक नै बहिष्कार गर्ने चेतावनी दिएको बुझिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .