समाज


चिकित्सा शिक्षामा सिट र शुल्क वृद्धिको प्रकृया खारेज गर्न डा. केसीको माग

चिकित्सा शिक्षामा सिट र शुल्क वृद्धिको प्रकृया खारेज गर्न डा. केसीको माग

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:४२, काठमाडौँ

चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षामा  शुल्क र सिट वृद्धि खारेज गर्न आग्रह गरेका छन्। डा केसीले आज विज्ञप्ति जारी गर्दै सिट र शुल्क वृद्धिको प्रक्रिया तुरुन्त खारेज गर्न आग्रह गरेका हुन्। 

‘शिक्षाको गुणस्तर र समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने तथा ऐनको मर्ममा प्रहार गर्ने सिट र शुल्क वृद्धिको प्रक्रिया तुरुन्त खारेज गरी इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा प्रतिष्ठानको स्थापना गरियोस,’ डा. केसीले भनेका छन्। 

विगतमा भएका सहमति कार्यान्वयन गर्न, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन, एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन, चिकित्सक र स्वास्थ्यकर्मीहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि लगायत हामीसँग भएका सबै सम्झौताहरू शीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराइन्छ।’ 

चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८२/०८३ देखि चिकित्सा शिक्षा सिट र शुल्क वृद्धि गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad