समाज


बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

बस्तीमा पसेको बाघ २३ घण्टापछि नियन्त्रणमा

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार ५:३०, काठमाडौँ

चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ। आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई सोमबार दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो।
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ। 

निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad