समाज


काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

नेपालखबर
साउन ४, २०८२ आइतबार ११:४५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। 

महानगरपालिकाले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिको लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो। त्यसको नतिजा केहीबेरअघि महानगरपालिकाले प्रकाशन गरेको हो। 

विद्यार्थीले प्राप्‍त पासपोर्ड र विवरणबाट यहाँ लगइन गरेर नतिजा हेर्न सक्नेछन्।

परीक्षाका लागि छनोट भएका १६ हजार एकसय ३७ मध्ये शनिबारको प्रवेश परीक्षामा १४ हजार १७३ जना सहभागी भएका थिए। ५४ वटा परीक्षा केन्द्रबाट उनीहरू परीक्षामा सहभागी भएका थिए। 

परीक्षाको उत्तरपुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीमार्फत जाँच गरिएको महानगरपालिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad