वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–८ घर भइ हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ४२ वर्षका सन्तोष सुनुवार रहेका छन्।
उनले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै १ लाख ५३ हजार रुपैयाँ लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ।
पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
90
Shares

प्रतिक्रिया