समाज


ढलमा खसेका व्यक्तिको सय मिटर तलबाट उद्धार

ढलमा खसेका व्यक्तिको सय मिटर तलबाट उद्धार

सांकेतिक तस्बिर


नेपालखबर
साउन २, २०८२ शुक्रबार १५:७, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनोहरा नगर पालिका–६ बाबा चौक नजिक एक व्यक्ति ढलमा खसेका छन्। 

दोलखाको बैध गाउँपालिका–५  घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका –६ मुलपानी खहरे बस्ने  बस्ने ६० वर्षीय तोरण बहादुर बस्नेत क्षत्रीलाई ढलले बगाएको हो।

सो सम्बन्धी सूचाम प्राप्त हुनासाथ डीएसपी जयश्चर रिमालको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले उनलाई ढलले अन्दाजी १०० मिटर तलसम्म बगाएको अवस्थामा उद्धार गरेको हो। 

तोरणलाई उनका दाइ रुद्र बहादु बस्नेतको जिम्मा लगाइएको छ। 

उक्त स्थान प्रहरी बृत्त बौद्धबाट अन्दाजी ४ किलोमिटर पूर्वतर्फ रहेको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad