ad ad

समाज


हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

नेपालखबर
बैशाख १, २०७७ सोमबार ३:३,

स्थानीय र पश्चिमी वायुको प्रभावले आज (सोमबार) बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागको मौसम बदली भएको छ।

पूर्वी, मध्य तथा पश्चिमी पहाडी भूभागमा मौसम बदलीको प्रभाव अझ बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र साँझपख देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानीसमेत पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

‘मौसम बदलीको प्रभाव पूर्व र मध्य भूभागमा अली बढी छ। पश्चिमी क्षेत्रका केही ठाउँमा पनि यसको असर छ,’ अर्यालले नेपालखबरसँग भने, ‘मौसम बदली भएको क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षाकोसमेत सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि आज दिउँसो र साँझपख पानी पर्न सक्छ।’

उनले मौसम बदलीको अवस्था बुधबारसम्म कामय रहने बताए। ‘बिहीबारदेखि भने मौसम सफा हुँदै जान्छ,’ अर्यालले भने।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
वैशाख १ गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पहाडि भूभागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आंशिक बदलि रहने छ।

वैशाख २ गते (मंगलबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको संम्भावना रहेको छ।

रातिः देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानमा र पूर्वका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख ३ गते (बुधबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको संम्भावना रहेको छ।

रातिः देशको पूर्वी, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थान र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .