समाज


आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण

आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई  प्रेस काउन्सिलको ध्यानाकर्षण

नेपालखबर
साउन १, २०८२ बिहिबार १८:१५, काठमाडौँ

प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ।

पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको क्षेत्रधिकार भएको स्पष्ट पार्दै काउन्सिले ति विषयहरूमा निर्णय लिँदा क्षेत्राधिकार ख्याल गर्न आग्रह गरेको हो। 

बिहीबार विज्ञप्ति प्रकाशित गरी प्रेस काउन्सिलले भनेको छ, ‘काउन्सिलले आफ्नो जिम्मेवारी, दायित्व निभाउँदै आएको हुँदा कुनै भ्रममा नपर्न र पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताजस्ता गम्भीर विषयमा कुनै निर्णय लिनुपर्दा आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन प्रेस काउन्सिल नेपाल राज्यका सम्बद्ध निकायहरूलाई पुनः अनुरोध गर्दछ।’ 

सदस्य रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिलको बैठकपछि  वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता खनाल दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस काउन्सिल ऐन, २०४८ को प्रस्तावना, दफा ५ को उद्देश्य र दफा ७ मा तोकिएको काम, कर्तव्य र अधिकारभित्र रही प्रेस काउन्सिल नेपाल क्रियाशील हुँदै आएको स्पष्ट पारिएको छ। 

दफा ५ मा स्वस्थ पत्रकारिताको विकासको लागि उपर्युक्त वातावरण सिर्जना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबिच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने, सावर्जनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउने र प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि हस्तक्षेप हुन नदिन प्रयत्नशील रहने उद्देश्य रहेका काउन्सिलले स्मरण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad