समाज


सम्पत्ति शुद्धीकरण विभागबाट ४० प्रहरी फिर्ता गरिँदै

सम्पत्ति शुद्धीकरण विभागबाट ४० प्रहरी फिर्ता गरिँदै

नेपालखबर
साउन १, २०८२ बिहिबार १६:१५, काठमाडौँ

सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवनबाट प्रहरी फिर्ता गरिने भएको छ। 

त्यहाँ हाल ४७ जना प्रहरीको दरबन्दी रहेकोमा ७ जना मात्रै राखेर ४० जना फिर्ता गर्न लागिएको हो। 

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले विभागसँग सल्लाह गरेरै दरबन्दी फिर्ता गर्न लागिएको बताए। 

पहिलेका मुद्दाहरु पनि कुनै मुद्दाको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नु पर्ने देखिएमा अब प्रहरीले नै अनुसन्धान गर्न सक्नेछ। 

सम्पत्ति शुद्धीकरणको विषयमा प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएसँगै विभागमा रहेका कतिपय फायल पनि प्रहरीलाई नै जिम्मा लगाइदिएको छ।

यसअघि विभागलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीका जनशक्ति त्यहाँ थिए। तर अब ७ जना राखेर बाँकी सबै सीआईबीमा ल्याउने प्रक्रिया अगाडि बढाइसकिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad