धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मिथिला नगरपालिका–४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
आइतबार दिउँसो भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज१२प १११५ नं को पल्सर मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको हो।
दुवै जनालाई हातहतिया तथा खरखजाना मुद्दामा जिल्ला अदालत धुनषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
3
Shares
प्रतिक्रिया