सशस्त्र प्रहरीका १३ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको आइतबार बसेको बैठकले रिक्त १३ एसएसपीका लागि बढुवामा सिफारिस गरेको हो।
एसपी विदुर खड्का पहिलो, प्रदीप कुमार पाल दोश्रो र क्रमशः लक्ष्मणबहादुर सिंह, शान्तिकुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का सिफारिसमा परेका छन्।
त्यस्तै, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनुप्रसाद पाठक, श्याम कोइराला, सुदेशकुमार गुरुङ र रमेश कुमार सुवेदी बढुवाका लागि सिफारिसमा परेका छन्।
बढुवा उपर चित्त नबुझे ७ दिनभित्रमा उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ।
प्रतिक्रिया