बीबीसीसँगको अन्तर्वार्ताका क्रममा माइक्रोसफ्ट कम्पनीका संस्थापक गेट्सले विगतमा स्वास्थ्य क्षेत्रमा कम लगानी भएको बताए।
सो क्रममा गेट्सले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोपको विकास नभइकन संसार पहिलेको शैलीमा फर्कन नसक्ने धारणा राखे।
उनले डेढ वर्षमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताएका छन्।
मुख्यतः गेट्सले तत्काल रोग निदानका निम्ति आवश्यक पर्ने सामग्री निर्माणका कार्यक्रममा विगतमा लगानी नगरिएको जनाए।
उनले स्वास्थ्य क्षेत्रमा लगानी गरिएको भए हाल खोप निर्माणको अवधि आधामा घट्न सक्ने बताए।
आफूले सन् २०१५ यता विश्वको लागि सबैभन्दा ठूलो खतरा महामारी भएको र त्यसका लागि ठूलो लगानी गरिनुपर्नेमा जोड दिएको बताए पनि यस विषयमा ध्यान नपुगेको गेट्सको भनाइ छ।
हाल विश्वभरका मुलुक खोप निर्माणको दौडमा लागेका छन्। गेट्सको परोपकारी फाउन्डेसनले पनि खोप निर्माणको अनुसन्धान र विकासमा मद्दत गरिरहेको छ। बीबीसी

प्रतिक्रिया