राजनीति


न्यून आय भएकाप्रति गम्भीर हुन सरकारलाई सभामुख र अध्यक्षकाे सुझाव

न्यून आय भएकाप्रति गम्भीर हुन सरकारलाई सभामुख र अध्यक्षकाे सुझाव

नेपालखबर
चैत ३०, २०७६ आइतबार १०:३८,

सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानुुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेबीच आइतबार पछिल्लो परिस्थितिबारे छलफल भएको छ।

‘सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र संघीय संसदले खेल्नसक्ने भूमिकाका विषयमा केन्द्रित रहेको थियो,’ संसद सचिवालयद्वारा दिइएको जानकारीमा बताइएको छ।

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिएको बताइएको छ।

‘उहाँहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिनुुभयो,’ सचिवालयले बताएको छ।

काननुनमन्त्री तुम्बाहाङफेलाई चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग समन्वय गर्ने जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad