आज सोमबार, ३० असार २०८२ (१४ जुलाई २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: धार्मिक कार्यमा रुचि बढ्नेछ। मन प्रसन्न रहनेछ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
वृष: धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। सवारी साधन प्राप्तिको योग छ। मनमा शान्ति छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: आँटे-ताकेको काम पूरा होला। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। मनको डर हटेर जानेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
कर्कट: चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। फजुल खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। राजनीतिक कार्यमा बाधा आउनेछ। आफन्तसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। रमणीय र सुखद यात्राको योग छ। पठनपाठनमा ध्यान जानेछ। चिताएको कामले तीव्रता लिनेछ। घरपरिवारमा धार्मिक कृत्यको योग छ।
भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या: रोकिएको धन हात पर्न सक्छ। आफन्तको सहयोगले कामहरू अगाडि बढ्नेछन्। घरमा अतिथिको आगमन हुनेछ। लाभदायक यात्रा होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। पुँजी बजारले साथ दिनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: चिताएको कामले तीव्रता लिनेछ। पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेम जीवनमा खुसियाली छाउनेछ। सेयर बजारबाट फाइदा हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: व्यर्थको यात्रामा जान बाध्य भइएला। यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। सेयर बजारबाट पनि असफलता मिल्नेछ।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
धनु: रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम पनि पाइने योग छ। मित्रबाट विशेष सहयोग होला। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। धेरै समयपछि आफन्तसँग भेटघाट होला। प्रेमीको सहयोग नै रहनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
मकर: धार्मिक आस्था बढ्नेछ। आफ्नै अग्रसरतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नजिकका मित्रसँग भेटघाट हुनेछ। रमणीय र सुखद यात्रा होला। प्रेमीसँग मधुर मिलन हुनेछ। सेयर बजारबाट फाइदा हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
कुम्भ: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। तर्कपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। छोटो दूरीको लाभदायक यात्रा होला। मान प्रतिष्ठामा वृद्धि हुनेछ। शुभ समाचार सुन्न पाइनेछ। व्यापार व्यवसायबाट आम्दानी हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मीन: नियमित खर्च बढ्नेछ। गर्न खोजेको काममा बाधा आउनेछ। सहकर्मीबाट विरोध होला। मानसिक चञ्चलपनले पेसागत हानि हुने सम्भावना छ। मनमा खुलदुली, चिन्ता र चञ्चलता बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ४१, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया