समाज


आफ्नै फोटो टाँसेर त्रिविका नयाँ उपकुलपतिले दिए भानुजयन्तीको शुभकामना

आफ्नै फोटो टाँसेर त्रिविका नयाँ उपकुलपतिले दिए भानुजयन्तीको शुभकामना

नेपालखबर
असार २९, २०८२ आइतबार १३:३२, काठमाडौँ

भानुजयन्तीको शुभकामना दिँदा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले आफ्नै तस्बिर टाँसेको पत्र जारी गरेपछि आलोचना भइरहेको छ। 

आज आइतबार (असार २९) गते २१२औं भानुजयन्तीको शुभकामना सन्देश जारी गर्दा अर्यालले आफ्नै तस्बिर टाँसेका छन्। शुभकामना सन्देशमा पनि आफ्नो तस्बिर टाँसेपछि सामाजिक सञ्जालमा उनलाई राजनीतिक नेतृत्वहरूसँग जोडेर आलोचना भएको हो। 

'मातृभाषा, साहित्य र संस्कृतिको सेवामा समर्पित आदिकवी भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको यस अवसरमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक एमव्  नेपाली भाषाप्रेमीहरूमा शुभकामना व्यक्त गर्दछु' अर्यालले भनेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad