समाज


किसानको मागअनुसार मल उपलब्ध गराउन लेखा समितिको निर्देशन

किसानको मागअनुसार मल उपलब्ध गराउन लेखा समितिको निर्देशन

नेपालखबर
असार २६, २०८२ बिहिबार १८:०, काठमाडौँ

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखका समितिले किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। समिति सभापति ऋषिकेश पोखरेलले पालिकामार्फत किसानलाई मल, बीउ लगायतका कृषि सामग्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिए। 

सरकारले अहिले स्थानीय सहकारीहरूमार्फत अनुदानको मल तथा बिउ वितरण गर्दै आएको छ । 


बैठकले समितिको २३ औँ वार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ। उक्त प्रतिवेदनलाई यही असार ३१ गते सदनमा पेस गर्ने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad