समाज


उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य, एक वर्षमा ११ हजारभन्दा बढी फर्छ्यौट

उच्च अदालत पाटनमा दुई वर्ष नाघेका मुद्दा शून्य, एक वर्षमा ११ हजारभन्दा बढी फर्छ्यौट

नेपालखबर
असार २६, २०८२ बिहिबार १६:३३, काठमाडौँ

उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए।

त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फर्छयौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट गरेको बताए। 

असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताए। अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे। 

उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शून्य बनाउन सफल भएको उनको भनाई थियो।

उनले भने, ‘यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए। १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन्। त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो। यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ। त्यो संख्या भनेको ९९।२१ प्रतिशत हो। यो असार २५ गतेसम्मको हो। अझै ५ दिन बाँकी छ। हामीले यो ५ दिनमा शतप्रतिशत नै लक्ष्य हाँसिल गर्नेकुरा सुनिश्चित छ। उच्च अदालत पाटनको इतिहासमा अहिलेसम्म दुई वर्ष नाघेका मुद्दाहरु शून्य बनाउन सकेको छौँ।’

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए।

योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए। पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताए। न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताए। नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताए।

उनले आागमी आर्थिक वर्षमा मुद्दाहरू १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad