समाज


विज्ञापन प्रकाशनमा मिलेमतो गर्नेलाई कडा कारबाही गरिने बोर्डको चेतावनी

विज्ञापन प्रकाशनमा मिलेमतो गर्नेलाई कडा कारबाही गरिने बोर्डको चेतावनी

नेपालखबर
असार २२, २०८२ आइतबार १८:१२, काठमाडौँ

विज्ञापन बोर्डले विज्ञापन प्रकाशन तथा भुक्तानी प्रक्रियामा भइरहेको अनियमितता र मिलेमतोको विरुद्धमा कडा कदम चाल्ने चेतावनी दिएको छ।

बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीद्वारा आइतबार जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीहरूबीच मिलेमतोमा सूचना नै नछपाई वा सूचना छापिएको पृष्ठ बजारमा नगई फाइदा लिने, विज्ञापनदाताबाट बढी रकम उठाई सञ्चारमाध्यमलाई कम भुक्तानी गर्ने जस्ता गतिविधि भइरहेको उल्लेख गरिएको छ।

यस्ता क्रियाकलापहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै मुद्दा दायर गरिसकेको र बोर्डमा समेत गुनासा आएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापन नियमन गर्ने ऐन, २०७६, ऐनअनुसारको नियमावली २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीतका क्रियाकलाप नगर्न र नगराउन सबैलाई अनुरोध गरिन्छ।’

बोर्डले ऐन र आचारसंहिताको उल्लंघन भएमा विज्ञापन नियमन ऐनको दफा २५ र आचारसंहिताको दफा ३० बमोजिम कारवाही गरिने स्पष्ट पारेको छ। साथै, यस्ता अनियमितता भएमा तत्काल बोर्डलाई सूचना दिन सार्वजनिक आग्रह पनि गरिएको छ।

बोर्डले विज्ञापन छापिएको पृष्ठ बजारमा पठाउनै पर्ने, मिति परिवर्तन गरेर सूचना प्रकाशन गर्न नपाइने तथा विज्ञापनदाताबाट लिइने रकम र सञ्चारमाध्यमलाई दिने भुक्तानीबीच पारदर्शिता आवश्यक रहेको स्मरण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad