न्युयोर्कमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुलाई सामूहिक चिहानमा दफनाउन सुरु गरिएको छ।
शव दाबी गर्ने आफन्त नभएका वा अन्तिम संस्कार गर्न नसक्ने अवस्थामा रहेकाहरुलाई गाड्न न्युयोर्कको हार्ट आइल्यान्डमा सामूहिक चिहान खनिएको छ।
१९ औ शताब्दीदेखि नै आफन्त नभएका मृतकहरुको अन्तिम संस्कारका लागि सो स्थानको प्रयोग हुँदै आएको छ।
सो स्थानमा प्रायः जेलका कैदीहरु कम शुल्कमा साताको २५ वटा सब पुर्दै आएका थिए। सातामा एक दिन मात्र यो काम हुने गर्थ्यो।
तर, अहिले सातामा ५ दिन सो स्थानमा शव पुर्न थालिएको छ। प्रतिदिन २४ वटासम्म शव पुर्ने गरिएको अधिकारीहरुले बताएका छन्।
खाल्डो खन्ने काममा पनि कैदीको सट्टा ठेकेदार प्रयोग गरिएको बताइएको छ।
न्युयोर्कमा मात्रै अन्य कुनै पनि मुलुकमाभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन्।
न्युयोर्क राज्यमा हाल १ लाख ६२ हजार संक्रमित छन् भने ७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित भएको स्पेनमा १ लाख ५७ हजारमा भाइरस देखिएको छ भने इटलीमा १ लाख ४३ हजार।
विश्वभर कोरोनाबाट ९७ हजारको मृत्यु भएको छ भने १६ लाख संक्रमित भएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया