समाज


कोरोनाको नमूना परीक्षण गराउनेको संख्या बढ्यो, २४ घण्टामा ६३० को परीक्षण

कोरोनाको नमूना परीक्षण गराउनेको संख्या बढ्यो, २४ घण्टामा ६३० को परीक्षण

नेपालखबर
चैत २८, २०७६ शुक्रबार १०:५९,

पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) को नमूना परीक्षण गराउनेको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा ६३० जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा राष्ट्रिय प्रयोगशालामा ४०१ र उपत्यकाबाहिर २२९ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए। उनले योसँगै कूल ३ हजार ५२४ जनाको परीक्षण भएको र ८ सय भन्दा बढी परीक्षणका क्रममा रहेको जानकारी दिए।

‘आजसम्ममा कूल ३ हजार ५२४ नमूना परीक्षण भएको छन्। पछिल्लो २४ घण्टामा राष्ट्रिय प्रयोगशालामा ४०१ र उपत्यकाबाहिर २२९ जनाको नमूना परीक्षण गरिएको छ’, प्रवक्ता देवकोटाले भने, ‘त्यस्तै ८ सयभन्दा बढी नमूनाको परीक्षण भइरहेको छ।’

प्रवक्ता देवकोटाले स्वास्थ्य परीक्षणको दायरा बढाएसँगै परीक्षणको संख्या पनि बढीरहेको जानकारी दिए।

उनले मुलुकभरमा गरेर ८ हजार ६६० जना क्वारेन्टिनमा र १२५ जना आइसोलेसनमा रहेको जानकारी दिए। उनले उपत्यकाभित्र १५ जना र उपत्यकाबार ११० जना आइसोलेसनमा रहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .