सोमबार साँझ पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग दुईतर्फी नै खुलेको छ।
सडक विभागको जेसीबीले लेदो पन्छाएपछि साँझ पौने ९ बजे राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सोमबार साँझ ५ बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा सडक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो।
अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको सडक करिब तीन घण्टापछि पहिरो पन्छाएर एकतर्फी खुलाइएको थियो।
राजमार्ग दुईतर्फी खुलेसँगै यातायातका साधन गज्तव्यतर्फ लागेका छन्।
729
Shares

प्रतिक्रिया