समाज


विदेशबाट फर्किएका युवालाई धम्क्याएर लुटपाट गरेको आरोपमा ५ जना पक्राउ

विदेशबाट फर्किएका युवालाई धम्क्याएर लुटपाट गरेको आरोपमा ५ जना पक्राउ

नेपालखबर
असार १५, २०८२ आइतबार १७:५६, काठमाडौँ

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवालाई धम्क्याएर लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका ४ बस्ने ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकका ४० वर्षीय विपीन लामा, महोत्तरी बर्दिवास नगरपालिका ६ का ३८ वर्षीय विनोद मगर, रामेछापको सुनापाति गाउँपालिका ३ का ३० वर्षीय राजु तामाङ र रामेछाप, मन्थली नगरपालिका १६ का ३० वर्षीय राजकुमार माझी रहेका छन्। 

उनीहरूले असार १३ गते साँझ काठमाडौं महानगरपालिका ९ गौशाला, रुन्चेडाँडाको सार्वजनिक सडकमा वैदेशिक रोजगारबाट आएका एक व्यक्तिलाई धाक धम्की दिएर उनको साथमा रहेको नगद लुटपाट गरेको प्रहरीको दाबी छ। 

४५ हजार रुपैयाँ लुटपाट गरेको सूचना प्राप्त हुनसाथ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए। 

लुटपाट गरेको ४५ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। जिल्ला अदालत काठमाडौँबाट डाँका गर्न नहुने सम्बन्धी कसुरमा ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad