समाज


शिक्षक प्रतिनिधिले सिंहदरबार पुगेर स्मरण गराए शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा

शिक्षक प्रतिनिधिले सिंहदरबार पुगेर स्मरण गराए शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा

शिक्षक महासंघकी सह-अध्यक्ष नानुमाया पराजुलीसहितका शिक्षक सिंहदरमा


नेपालखबर
असार १५, २०८२ आइतबार ११:५२, काठमाडौँ

शिक्षक प्रतिनिधिले आज सिंहदरबारमा पुगेर सम्बन्धित पक्षलाई विद्यालय शिक्षा विधेयक पारित गर्ने असार १५ को समयसीमा स्मरण गराएका छन्। 

आज विद्यालय शिक्षा विधेयक संसद्‍मा टेबुल गर्न माग गर्दै शिक्षकहरुले सिंहदबारमा पुगेर दबाब दिएका हुन्।

सहमती अनुसार नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै आइतबार बिहान सिंहदरबारस्थित शिक्षा समितिको कार्यालयमा पुगेर सम्बन्धित पक्षकाे ध्यानाकर्षण गराएको शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। 

सरकारले गत वैशाख १७ गते शिक्षक महासंघसँग यही असार १५ गते (आज) सम्म शिक्षा ऐन जारी गर्ने सहमति गरेको थियो। सोही सहमतीअनुसार शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोनल स्थगित गरेका थिए। 

सहअध्यक्ष पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली आज बिहान सिंहदरबारमा पुगेको हो। 

‘हामी आइतबार बिहान साढे सात बजेदेखि सवा १० बजेसम्म सिंहदरबारमा थियौँ,’ पराजुलीले नेपालखबरसँग भनिन्, ‘त्यहाँ आज शिक्षा समितिको मिटिङ छ भन्ने थाहा पाएपछि हामी गएका हौँ। उहाँहरुलाई हामीले शिक्षा विधेयक जारी गर्ने असार १५ को डेटलाइन स्मरण गराएका छौँ।’  

शिक्षामन्त्री, विषयगत समितिका सांसद्हरुलाई यस विषयमा आज ध्यानाकरर्षण गराएको उनले बताइन्।

आन्दोलनको रूप फेरिए पनि आन्दोलन नछाडेको उनले बताइन्।

महासंघसँग भएका सहमतीअनुसार विधेयक नआउने हो कि भन्ने शंकासमेत उनले व्यक्त गरिन्। ‘असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने प्रतिवद्धता त उहाँहले पुरा गर्नु भएन,’ उनले भनिन्, ‘आज विधेयक टेबुल मात्रै भए पनि होस् भन्ने हाम्रो माग छ। यति भए सरकारले पारित गर्न नभ्याए पनि टेबलसम्म गर्‍याे भन्न पाइन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad