समाज


मेलम्चीमा बस दुर्घटना हुँदा ८ जना घाइते, चालकसहित ३ को अवस्था गम्भीर

मेलम्चीमा बस दुर्घटना हुँदा ८ जना घाइते, चालकसहित ३ को अवस्था गम्भीर

नेपालखबर
असार १५, २०८२ आइतबार ८:२२, काठमाडौँ

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

शनिबार दिउँसो तिपेनीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ३–०१–००५ ख९९७६ नम्बरको बस मेलम्ची नगरपालिका–११ मा दुर्घटनामा परेको हो। 

सामान्य घाइतेको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चालक महेश्वर ढकलसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको छ।

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad