समाज


सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या, ५ जना पक्राउ

सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या, ५ जना पक्राउ

एकजना पछि पक्राउ परेकाले यहाँ चार आरोपितको मात्र तस्बिर छ।


नेपालखबर
असार १३, २०८२ शुक्रबार १४:१५, काठमाडौँ

सिन्धुपाल्चोकमा ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ। प्रहरीले अपराधमा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरेको छ। 

उनीहरूलाई शुक्रबार सिन्धुपाल्चोक प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

भोटेकोसी गाउँपालिका-५ छ्याङ्दीस्थित जंगलमा बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल

बालिकाको हत्या भने असार १० गते नै राति साढे १० बजेतिर भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए। 

बालिका आफ्नै घरभन्दा चारसय मिटर टाढा मृत भेटिएकी थिइन्। 

प्रहरीले घटनाको जानकारी पाएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरी अनुसन्धान गरेको थियो। 

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ पठाइएको जानकारी पनि एसपी कार्कीले दिए। 

एसपी कार्कीको कमान्डमा खटिएको टोलीले घटनामा संलग्न आरोपमा ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले भोटेकोसी गाउँपालिका-५ मार्मिङका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षका वाङनिमा तामाङ, ३२ वर्षका नामग्याल शेर्पा, २० वर्षका दावा तामाङ र २२ वर्षका लाक्पा पासाङ तामाङलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि घरमा समेत खानतलासी गरेको थियो।

त्यस क्रममा घटनामा प्रयोग भएका केही वस्तुसमेत फेला परेको प्रहरीको भनाइ छ। 

थप अनुसन्धानका लागि आरोपितहरूलाई हिरासतमा राख्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद लिइएको एसपी कार्कीले बताए। 

घटना अनुसन्धानका क्रममा सुरुमा चार जना र पछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेकाहरूले प्रहरीले गरेको प्रारम्भिक सोधपुछका क्रममा सामूहिक बलात्कारपछि घटना लुकाउन हत्या गरेको बताएका छन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad