समाज


टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

नेपालखबर
असार १२, २०८२ बिहिबार १७:३४, काठमाडौँ

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। 

बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।

टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने ३१ वर्षकी बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार कसुर (साइबर क्राइम) मा अनुसन्धान गरेको थियो।  

उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको आरोप लगाइएको थियो। 

उनले पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओली र एमालेलाई लक्षित गर्दै टिकटक सामग्री पोस्ट गरेकी थिइन्। उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेकोमा पनि विरोध गरेकी थिइन्।

यस्तै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई असहयोग गरेको भन्दै उपमेयर सुनिता डंगोलको पनि आलोचना गरेकी थिइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad