समाज


सशस्त्र प्रहरी असईमा नाम निकालिदिन्छु भनी ठगी, एक आरोपी पक्राउ

सशस्त्र प्रहरी असईमा नाम निकालिदिन्छु भनी ठगी, एक आरोपी पक्राउ

नेपालखबर
असार १०, २०८२ मंगलबार १९:१०, काठमाडौँ

सशस्त्र प्रहरीको असईमा नाम निकालिदिने भन्दै ४ लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने वर्ष ४७ को सोम कौशिक क्षेत्री रहेका छन्।

कौशिकले सशस्त्र असईमा नाम निकालीदिन्छु भनि पीडितलाई आफूले दिएको ईसेवा आईडी तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रकम  जम्मा गर्न लगाई  ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।

यही असार ८ गते काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएका क्षेत्रीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असार ९ गते नागार्जुन–७ रामकोटमा फेला पारी पक्राउ गरेको हो। 

उनीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको छ।                          

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad