ad ad

समाज


डब्लूएचओका प्रमुख टेडरोस एडह्यानमलाई आयो हत्याको धम्की

डब्लूएचओका प्रमुख टेडरोस एडह्यानमलाई आयो हत्याको धम्की

नेपालखबर
चैत २७, २०७६ बिहिबार ८:५६,

बुधबार टेडरोसले पत्रकार सम्मेलनमा आफूमाथि हत्याको धम्की आएको र जातीय विभेदपूर्ण टिप्पणी भएको जानकारी दिए।

कोरोना महामारीको प्रकोप नियन्त्रणमा आफू लागिरहेको समयमा विभिन्न समूहबाट आएको हत्याको धम्की र जातीय टिप्पणीलाई आफूले वास्ता नगर्ने उनले बताएका थिए।

टेडरोसले भनेका छन्,‘दुईदेखि तीन महिनायता ममाथि व्यक्तिगत आक्रमणको प्रयास भइरहेको छ। ममाथि काले भनेर जातीय रुपमा विभेदपूर्ण टिप्पणी गरिएको छ। तर म कालो हुनुमा गर्व गर्छु।’

ताइवानबाट धेरै जातीय हिसाबमा टिपप्णी भएको टेडरोसले पत्रकारलाई बताएका थिए।

सो क्रममा टेडरोसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीमा जवाफसमेत दिए। ट्रम्पले डब्लूएचओ चीन केन्द्रित भएको र आफ्नो देशले डब्लूएचओलाई गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका थिए।

टेडरोसले अमेरिकाले कोरोना भाइरसलाई राजनीतिकरण गर्न नहुने बताएका थिए। उनले डब्लूएचओले सबै देशसँग समन्वय गरिरहेको र संगठन चीन केन्द्रित नभएको बताएका थिए।

डब्लूएचओको आँखाले सबैलाई समान देख्ने टेडरोसको भनाई थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .