तामाकोसीमाथिको मोटरेबल पुल फेरि भाँचिएको छ। रामेछापको मन्थली नगरपालिका -६ र ७ जोड्ने तामाकोसी नदीमाथि बनिरहेको पुलको एउटा स्पान भाँचिएको हो।
उक्त पुल गत वैशाखमा पनि भाँचिएको थियो। पुल कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको छ। आइतबार बिहान रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितको टोली अनुगमनमा पुग्दा पुलको स्ल्याब खसेको पाइएको बताए।
'१० बजेतिर पुलको एउटा स्पान भाँचिएछ। म पुगेर पनि आएँ,' उनले नेपालखबरसँग भने, 'त्यहाँ निर्माण कम्पनीको कोही मान्छे पनि भेटिएन। काम भइरहेको पनि पाइएन।'
उनले केही दिनअघि आफू त्यहाँ जाँदा निर्माण कम्पनीको मान्छे भेटेको र उनीहरूले मंसिरसम्म म्याद भएकोले त्योभन्दा अघि हस्तान्तरण गर्ने बताएको सुनाए।
उनले थपे, 'केहीदिनअघि चाहिँ निर्माण कम्पनीका प्रतिनिधिसँग भेट भएको थियो। उनीहरूले मंसिरसम्म म्याद छ। त्योअघि नै काम सकेर हस्तान्तरण गर्ने हो भन्थे। अब त झन पुल नै भाँचियो।'
Shares

प्रतिक्रिया