समाज


धोविखोलामा बाढी, आसपासको क्षेत्र प्रभावित (तस्बिरहरू)

धोविखोलामा बाढी, आसपासको क्षेत्र प्रभावित (तस्बिरहरू)

नेपालखबर
असार ६, २०८२ शुक्रबार २०:३, काठमाडौँ

राजधानी काठमाडौँ तथा आसपासका क्षेत्रमा परेको अविरल वर्षाका कारण काठमाडौँका खोला नालामा पानीको सतह बढेको छ। 

बिहीबार र शुक्रबारको अविरल वर्षापछि धोविखोलामा बाढी आएको छ। 

बाढीका कारण अनामनगर आसपासका क्षेत्रमा कतिपय घरभित्र पानी पसेको छ। 

सडक जलमग्न बनेको छ। 

बाढीले त्यस क्षेत्रमा यातायातसमेत प्रभावित बनेको छ। 

पानी पर्न नरोकिएका कारण खोलामा जलसतह अझ बढ्ने अनुमान गरिएको छ। 

बिहीबारदेखि देशैभर मनसुन सक्रिय भएको छ भने कतिपय स्थानमा बाढी तथा डुबानको समस्या सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad