कारोबार


राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न बनायो सहज

राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न बनायो सहज

नेपालखबर
असार ५, २०८२ बिहिबार ११:७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सजिलो बनाएको छ। 

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली चौथो संशोधन गर्दै इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन सहज बनाएको हो।

संशोधित विनियमावलीमा भनिएको छ, ‘गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृतिअगावै त्यस्तो रकम विदेशी लगानीकर्ताको खातामा भित्र्याउन र रकम भित्रिएपश्चात् विदेशी लगानीको स्वीकृति प्राप्त भएमा समेत यस विनियमको प्रयोजनको लागि बाधा पुऱ्याएको मानिने छैन।’

सेयर बाँडफाँडमा नपरी आवेदन गरेको रकम विदेशमा फिर्ता गर्नुपरेमा खाता रहेको बैंक तथा वित्तीय संस्था वा आवेदक गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी वा सोको शेयर रजिस्ट्रारको सिफारिस सहित एकाईमा निवेदन पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम कर बापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग, कम्पनी वा कर कार्यालयको नाममा प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्थामार्फत भित्र्याउन सकिनेछ।

यस्तो रकम भित्र्याउन राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति आवश्यक नपर्ने व्यवस्था राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad