समाज


इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारको आग्रह

इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारको आग्रह

नेपालखबर
असार ४, २०८२ बुधबार १९:५०, काठमाडौँ

सरकारले  दुई देशबीचको द्वन्द्वका कारण त्यहाँको परिस्थति जटिल बनेको भन्दै हालको अवस्थामा इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारले आग्रह गरेको छ। 

बुधबार परराष्ट्र मन्त्रालयले यात्रा जानकारी (ट्राभल एडभाइजरी) जारी गर्दै हाललाई ती मुलुकमा जाने योजना समेत नबनाउन आग्रह गरेको हो। 

‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्र तथा यात्रा नगर्नुहुन्,’ एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नुहुन्।’

त्यस्तै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले दिएका निर्देशन पालना गर्न र सकेसम्म सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ। 

ती देशबाट नेपाल फर्किन चाहानेको विवरण संकलन गरिरहेको समेत मन्त्रालयले जनाएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा ५ हजार ५ सयको हाराहारी र इरानमा करिब एक दर्जन नेपाली रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad