राजनीति


७३ जिल्लामा फैलियो डेंगु संक्रमण

७३ जिल्लामा फैलियो डेंगु संक्रमण

नेपालखबर
असार ४, २०८२ बुधबार २०:३, काठमाडौँ

डेंगु संक्रमण ७३ जिल्लाका फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु देखिएको छ। 

गत पुषदेखि बढ्दै गएको डेंगु बागमती प्रदेशमा बढी देखिएको छ। महाशाखाका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालका अनुसार बागमती, कोसी र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको जनाए। 

तथ्यांकअनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ। लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेस प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको छ। 

जिल्लाअन्तर्गत काठमाडौँमा सबैभन्दा बढी १ सय ४० जनामा  डेंगु पुष्टि भएको छ। कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु देखिएको छ। 

महाशाखाका किटजन्य शाखाका प्रमुख डा दाहालले मनसुन सुरु भए सँगै डेंगु बढ्न थालेको जनाए। ‘साउनको अन्तिमदेखि कात्तिकसम्म बढी देखिँदै आएको डेंगु संक्रमण प्रत्येक बर्ष बढिरहेको छ। यो बर्ष पानी पर्न सुरु हुँदै छ,’ उनले भने अब कसरी बढ्छ भनेर आँकलन गर्न त सकिँदैन।’

पानी परेपछि ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टे बढ्ने गरेको छ। पानी जमेको ठाउँमा डेंगु फैलाउने लामखुट्टेले लार्भा पार्छ र डेंगु संक्रमण दर बढ्दै जान्छ,’ उनले भने, ‘समयमै सचेत हुने र जनचेतना फैलाउने हो भने डेंगु नियन्त्रणमा ल्याउन सकिन्छ।’

गत बर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो भने १५ जनाको मृत्यु भएको थियो। डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। उच्च ज्वरो आउने, कडा खालको टाउको दुखाइ हुने,आँखाको गेडी पछाडि दुख्ने, मांसपेसीको दुखाइ, वाकवाकी लाग्ने र बान्ता आउने जस्ता लक्षण देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad