समाज


सशस्त्र एआईजी गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र एआईजी गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
असार ४, २०८२ बुधबार १६:२, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को यही असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन्।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका ठाडा मगरलाई बधाई दिँदै बढुवासँगै थपिएको पदीय जिम्मेवारीलाई उत्तरदायी भई पूर्ण व्यवसायिकता साथ निर्वाह गर्नुपर्ने बताए।

उनले दीर्घकालिन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्नुपर्ने बताए।

महानिरीक्षक अर्यालले भ्रष्टाचार एवं लैङ्गिक हिंसामा शुन्य सहनशिलता एवं मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा हरहमेशा कटिबद्ध तथा पूर्ण व्यावसायिकतासाथ लाग्नुपर्ने बताउँदै आपसी भाइचारा, बन्धुत्व, सद्भाव एवं सहयोगी भावनाकासाथ संगठनप्रति निष्ठावान हुँदै अनुशासित र ईमान्दारितापूर्वक आफ्ना कामकारवाही अगाडी बढाउनुपर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी एवं सशस्त्र प्रहरी बल नेपालका सिनियर तथ जुनियर अधिकृतहरु र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad