समाज


न्याय, कानुन र सरकारी वकिल समूहका २६५ अधिकृतको सरुवा, बढुवा र पदस्थापन

न्याय, कानुन र सरकारी वकिल समूहका २६५ अधिकृतको सरुवा, बढुवा र पदस्थापन

नेपालखबर
असार १, २०८२ आइतबार २०:११, काठमाडौँ

न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका गरी विभिन्न तहका २६५ अधिकृतको सरूवा, बढुवा तथा पदस्थापनसम्बन्धी निर्णय गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरूवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

कानुन सचिव उदयराज सापकोटा अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो।

न्याय सेवा आयोगको सिफारिसअनुसार अब मन्त्रिपरिषद् बैठकले ढुंगालाको सरूवासम्बन्धी निर्णय गर्नेछ।

प्रथम श्रेणीका अधिकृत (सहसचिव) मा न्याय समूहका ३ जना र सरकारी वकिल समूहका ७ जना सरूवा भएका छन्।

उपसचिवस्तरका न्याय समूहका ७ जना, सरकारी वकिलतर्फ ५६ जनाको सरूवा भएको छ।

हेर्नुहोस् पूरा सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad